हिमालयन डिष्टिलरीको ७० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

कम्पनीले ६० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ५१ करोड रूपैयाँ छ।

कम्पनीले पुस २७ गते बार्षिक साधारण गर्ने भएको छ। साधारण सभाले पारित गरेसँगै लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।

पुस १९ गतेसम्म लगानी गर्नेले कम्पनीले घोषणा गरेको लाभांश हात पार्नेछन्। पुस २० गते कम्पनीको बुक क्लोज हुनेछ। कम्पनीले यसअघि शतप्रतिशत लाभांश दिएको थियो। ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिएको थियो।