अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मास्टर क्लास लिंदै शबाना आजमी, दुई देशका नाटक पनि तालिकामा

`
काठमाडौं । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार सुप्रशिद्ध भारतीय रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुँदैछ । आजमी महोत्सवको उद्घाटन कार्यक्रमा भाग लिन यसअघि नै काठमाडौं आइसकेकी छिन् ।

त्यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको अभिनेत्री आजमीको मास्टरक्लास साँझ ७ः३० बजे हुँदैछ । अभिनयका शिल्प र शैली, संघर्ष र सफलतालगायतका सन्दर्भमा हुने मास्टरक्लसलाई कवि विप्लव प्रतीकले सहजीकरण गर्ने बताइएको छ ।

शुक्रवार भएको महोत्वसको उद्घाटनमा भाग लिंदै उनले कलाकारहरु नै मिलेर नाटकघर निर्माण गरेको र नाटक महोत्वस समेत आयोजना गरेको मा आश्चर्य व्यक्त गरेकी थिइन् ।

शुक्रबारदेखि सुरु भएको महोत्सवमा शनिबार भारतको नाटक ‘देस्देमोना रुपकम’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ । अंग्रेजी, कन्नड र तामिलभाषी यस नाटकका निर्देशक अभिषेक मजुमदार हुन् ।

त्यस्तै अर्को नाटक स्पेन र इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ दिउँसो २ र ४ बजे मञ्चन हुँदैछ । नन भर्वल यस नाटकका निर्देशक पाब्लो दुरान रोजस डायना कोस्टा हुन् ।

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ मण्डला थिएटर थापागाउँ काठमाडौंमा भइरहेको महोत्सव आगामी मंसिर १७ सम्म चल्नेछ । शुक्रबार भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले महोत्सवको समुद्घाटन गरेका हुन् ।

पहिलो दिन शुक्रबार नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ र अनिल सुब्बा निर्देशित नाटक ‘बुद्ध र भिकारी’ मञ्चन भएको छ । त्यस्तै पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ साँझमा ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साँगितिक कार्यक्रम पनि भएको थियो ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

दोस्रो दिन, मंसिर १० गते शनिबारको कार्यक्रमः
दिउँसो १२ र ४ बजेः      देस्देमोना रुपकम (नाटक, भारत)
दिउँसो २ र ६ बजेः  मिस्टर एण्ड मिसेस क्राफ्ट (नाटक, स्पेन/इटाली)
साँझ ७ः३० बजेः     सुप्रशिद्ध अभिनेत्री शबाना आजमीसँगको मास्टर क्लास ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here