उम्राका लागि जान लागेका बाँकेका मुस्लिमहरुलाई अध्यक्ष शाहले गरे बिदाई

बाँके, ११ मंसिर । इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंजबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंज विमानस्थलबाट बिदाई गरेका हुन् ।

उम्राका लागि जान लागेका तिर्थयात्रीहरुलाई बिदाई गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागि समेत प्राथना गर्न आग्रह गर्नु गरे ।

उम्रा गरेपछि मनोकामना पुरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत)मा बास हुने विश्वास गरिन्छ । त्यस्तै हर्ज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामना समेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ ।

संविधान सभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकि, जामा मस्जिदका पूर्व अध्यक्ष अब्दुल रहमान मिया लगायतका व्यक्तिहरु नेपालगंज बिमान स्थलमा पुगेर बिदाई गरेका थिए । उनिहरु साउदीको मक्का र मदिनामा करिव २० दिन उम्रा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here