मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक, घट्यो ब्याजदरको अन्तर (पूर्णपाठ)

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।

समिक्षा चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९, संशोधन गर्न सकिने उल्लेख गरेको छ । त्यस्तै कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ ।

४.४ प्रतिशत रहेको ब्याजदर अन्तर वाणिज्य बैंकहरुको ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गरेको छ । यस्तै ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर अब ४.६ प्रतिशतमा झारिएको जनाएको छ ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरेको राष्ट्र बैंकले जनाएको छ । प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here