तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे हर्जाना लाग्ने, लघुवित्तलाई आधारदर प्रकाशन अनिवार्य

काठमाडौं, ११ मंसिर । बैक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे हर्जाना लाग्ने भएको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

त्यसैगरि लघुवित्त वित्तीय संस्थालाई माघदेखि मासिक रुपमा आधार दर प्रकाशन अनिर्वाय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here