हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान-अवतरण प्रभावित, पोखरा समेत बन्द

काठमाडौं । सोमबार बिहान बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान\अवतरण प्रभावित बनेको छ । बाक्लो हुस्सुले भिजिविलिटी कम हुँदा उडान अवतरण बन्द भएको हो ।

वायुसेवा कम्पनीहरुले सूचना निकालेर उडान प्रभावित भएको जनाएका छन् । पोखरामा समेत विमानस्थल बन्द भएको छ । यसले आज दिनभर उडान प्रभावित हुने यति एयरलाइन्सले सूचना प्रकाशित गरी जनाएको छ । काठमाडौंमा विमानस्थल खुल्ने क्रममा रहेको छ ।

दिँउसो हुँदै जाँदा कुहिरो हट्ने क्रममा छ । हिउँदयाममा बाक्लो हुस्सुले उडान अवतरण प्रभावित हुन्छ । यसबाट एकै साथ सयौं यात्रु प्रभावित हुने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here