शेयर बजारले पत्याएन मौद्रिक नीति समीक्षा, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ। साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १५.५० अंकले घटेर१९५०. ३७ विन्दुमा झरेको हो ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेसँगै बजार बढ्ने आकंलन गरिएको थियो । तर त्यो आंकलन प्रमाणित हुन सकेन । आइतवार दोहोरो अंकले बढेको बजार र दुई अर्बभन्दा धेरैको कारोबार एक दिन पनि टिकेन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमावार २३६ कम्पनीको १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँ बराबरको ३७ लाख ६१ हजार २९९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.५१ प्रतिशतले घटेको छ ।

बजारमा आज सिनर्जी पावरका शेयरधनीले सबैभ्न्दा धेरै ४.५६ प्रतिशत गुमाएका छन् ।

त्यस्तै, ओरेन्टल होटल ४.३१, जानकी फाइनान्स, आरएसडीसी लघुवित्त, ग्रीनलाइफ हाइड्रो, बुद्धभूमि नेपाल, सयपत्री हाइड्रो लगायत १ दर्जन कम्पनीको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ७ करोड र शिवम् सिमेन्ट ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here