थापाथलीको सुकुम्वासी बस्तीमा डोजर, कतै झिटीगुन्टा ओसार्दै, कतै प्रतिकार

फोटो: समाजिक सञ्जालबाट

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा अहिले स्थिति तनावग्रस्त बनेको छ ।

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

महानगरका करिब ३०० नगर प्रहरी सुकुम्वासी बस्ती हटाउन परिचालित भएका छन् । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।

सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग मिलेर काठमाडौं महानगरपालिकाले बस्तीमा डोजर चलाउन लागेको हो।

अहिले काठमाडौं महानगरका प्रहरीहरु डोजरसहित त्यहाँ पुगेका छन्। यसअघि वस्तीबाट हट्न १० दिने सूचना जारी गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here