इयूले हटाएन हवाई क्षेत्रमाथिको कालोसूची, थप अध्ययन गर्ने

काठमाडौं । यूरोपेली यूनियनले नेपालको हवाई क्षेत्रमाथि लगाएको कालोसूचीलाई निरन्तरता दिँदै थप अध्ययन गर्ने भएको छ । एभीएसन सेफ्टी लिस्टलाई निरन्तरता दिएको इयूले आगामी महिना एक टोली अध्ययनका लागि नेपाल पठाउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

युरोपेली युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सीको एक टोली नेपाल आउने भएको हो । ईयूले नोभेम्बर महिनाका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ ।

यो सूची आउनु ठिक अगाडि अक्टोबरमा आयसाबाट ‘असिस्मेन्ट मिसन’ नेपाल आएर परीक्षण गरेको थियो । ईयूका राजदूत नोना डेप्रेज र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा ईयूले ‘अनसाइट असिस्मेन्ट असिस्मेन्ट भिजिट’ गर्न लागेको जानकारी दिएका छन् ।

यो टीमले मूख्यतया कर्मचारी नियमावलीमा प्राधिकरणले गरेको नीतिगत परिवर्तन र त्यसको कार्यान्वयनको अवस्थाबारे स्थलगत रुपमा परीक्षण गर्न चाहेको छ । नेपाल सन् २०१३ या कालोसूचीमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here