नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकको नियम विपरीत काम गर्ने बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक परेका हुन् ।

केही बैंकले रोक्का राखेको खाताबाट पनि कारोबार गरेको पाइएको केन्द्रीय बैंकले भनेको छ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागका अनुसार बैंक अफ काठमाडौं लिमिटेड र कृषि विकास बैंकलाई नगद जारिवना गरिएको छ भने अन्य बैंकहरुलाई सचेत गराएको छ ।

पहिलो त्रैमासमा ३ पटकसम्म सनराइज र मेगा वैक काराबाहीमा परेका छन् । राष्ट्र बैंकले कृषि विकास बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको २० लाख रुपैयाँ जरिवाना गरेको छ।

हिमालयन बैंक र ग्लोबल आइएमई बैंकलाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको व्यवस्थाबमोजिम एकपटक प्रिमियर दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुनेजस्ता योजना लागू गर्न पाइने छैन भन्ने व्यवस्थाको पालना नभएको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रीय बैंकले सचेत गराएको छ।

प्रभु बैंक, कुमारी बैंक, बीओके र प्राइम कमर्सियल बैंकले रोक्का राख्न निर्देशन दिएका खातामा कारोबार गरेकोले बैंकका सीईओलाई सचेत गराएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here