झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ ।

साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.९९अंकले बढेर १९५३.३५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३४ कम्पनीको ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटा बढेको छ भने अन्य घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड ७२ रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ४ करोड ३१ र शिवम् सिमेन्ट ४ करोड ३२ बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

नेप्सेका अनुसार एनआइसी एशिया ब्यालेन्स फण्डको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here