‘चालु पूँजी कर्जाको मार्गदर्शन लागू गर्ने उपयुक्त समय होइन्, देश दुर्घटनामा जान्छ’

फाइलफोटो

`
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु पूँजी कर्जाको व्यवस्था दुई वर्षलाई स्थगत गर्न माग गरेको छ ।

महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै ल्याउन माग गरेका हुन् ।

शोधनान्तर स्थिति चिन्ताजनक, उद्योग व्यवसायमा समस्या परेको समयमा लागू गर्न खोजिएको चालु पुँजी कर्जाको मार्गदर्शन देशको लागि नै घाटा रहेको उनको दाबी थियो

नेपाल राष्ट्र बैंकले कात्तिक १ देखि लागू हुने गरेर चालु पुँजी कर्जाको मार्गदर्शन लागू गरेको थियो । लागू भएको एक महिनापछि केन्द्रीय बैंकले संशोधनका लागि सुझाव मागेको थियो ।

महासंघले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरूको ब्याजदर अन्तर (स्प्रेडदर) घटाउने नीति लिएको स्वागत गरेको छ । स्प्रेड घटाउने नीतिले ब्याजदर बढ्न नदिने भएपनि तत्काल ब्याजदर नघट्ने निचोड महासंघले निकालेको छ ।

पुस मसान्तपछि राष्ट्र बैंकले दिएको ६० अर्ब पुनरकर्जा केन्द्रीय बैंकमा फिर्ता जाने अवस्थामा रहेको र उद्यमी व्यवसायीलाई समस्या पार्ने र बजारमा तरलता अभाब थप हुने हुँदा एक वर्ष म्याद थप गर्न अनुरोध गरेको छ ।

बैंकहरूको अनिवार्य नगद मौज्दात (सीआरआर)लाई एक प्रतिशत बिन्दुले घटाउने तथा स्थानीय तहको पैसा निश्चित समयका लागि शतप्रतिशत निक्षेपमा गणना गर्न दिने सुविधा दिन महासंघले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here