सम्झौता अनुसार काम नगर्ने १२ कम्पनी कालो सूचीमा, कुन-कुन परे ?

काठमाडौं, १४ मंसिर । सरकारले तोकिएको समयमा काम नगर्ने १२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधवारदेखि लागू हुने गरी कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ ।

कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here