वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ भर्दा कोटा लागू, कालिन्चोक दर्शन प्रालिको खुल्यो

काठमाडौं । बुधबारबाट वैदेशिक रोजगारीमा रहेकाहरुले समेत आइपीओमा कोटा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका छैटौंपटक संशोधन गरी वैदेशिक रोजगारीका श्रमिकका लागि पनि आइपीओ खरिदमा सहभागिताको कोटा छुट्याएको छ।

उनीहरुका लागि १० प्रतिशत कोटा छुट्याइएको छ । यसरी छुट्याइएको कोटा अनुसार नै बुधबार कालिञ्चोक दर्शनले सेयर जारी गरेको छ। कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई एकैपटक आइपीओ जारी गरेको हो।

कालिञ्चोक दर्शनले जारी पुँजी ६० करोड रुपैयाँको २ प्रतिशत आयोजना प्रभावितका लागि आइपीओ निष्कासन गर्दैछ। यस अनुसार १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

वैदेशिक रोजगारीका श्रमिकले जारी हुने कुल सर्वसाधरण सेयर मध्येको १० प्रतिशत पाउँछन् । यस अनुसार यो कम्पनीको १ लाख ८ हजार कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् । कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधरणलाई निष्कासन गर्ने तयारी गरेको छ ।

आयोजना प्रभावितहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीले भने धेरैमा १० हजार ८०० कित्तासम्मका लगि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आइपीओ छिटोमा मंसिर २८ र प्रयाप्त आवेदन नपरे पुस १४ सम्म लम्बाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here