शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा यी कुरामा ध्यान दिनुस्

संकेतिक तस्विर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको गरेको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा ध्यान दिन विशेष आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधी र सहायक प्रतिनिधी मार्फत तोकिएको सेवा केन्द्रमा गइ काराबोर गर्न समेत अनुरोध गरेको छ ।

सेवाग्राहीले कुनैपनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्न, कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप दिन, बेलाबेलामा आफूले गरेका कारोबारबारे बैंक खातामार्फत यकिन गर्न र केही सुझाव र गुनासो भएमा राष्ट्र बैंकलाई जानकारी गराउन राष्ट्र बैंकले सुझाएको हो ।

राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका बाहेक बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here