काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ ।
साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ३.५१ अंकले घटेर १९५९.८५ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३८ कम्पनीको ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा बढेको छ भने अन्य घटेको छ ।
न्यून अंकले बढेको बजारमा आज ग्रीन लाइफ हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ४.१७ प्रतिशत कमाएका छन् । त्यस्तै, किसान लघुवित्त ४ प्रतिशत, रुरु जलविद्युत् ३.३१ प्रतिशत, बुद्धभूमि नेपाल र श्वेत गंगा हाइड्रोपावरको शेयर मूल्य साढे २ प्रतिशतले घटेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड ७९ रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ४ करोड १५ लाखको कारोबार भएको छ ।