विपद्को पूर्वतयारी: दोधारा चाँदनीका वडाहरुमा मोबाइल एप मार्फत घरधुरी नमूना सर्वेक्षण

दोधारा । दोधारा चाँदनी नगरपालिकामा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन घरधुरीको सर्वेक्षण सुरु गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको बाढीको उच्च जोखिममा रहेका वडा नं ८, ९ र १० मा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन मोवाईल एप मार्फत सर्वेक्षण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका संगको समन्वय र सहकार्य, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारी तथा इन्ष्टिच्युट अफ हिमालयन रिष्क रिडक्सन (आईएचएचआर) को प्राविधिक सहयोगमा बाढी जोखिमको संकटासन्नता निर्धारण गर्न मोबाईल एफ मार्फत घरधुरी सर्वेक्षण गरिएको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक सुनारले बताए ।

उक्त कार्यमा १५ जनाको सर्वेक्षण टोली छनौट गरि पठाईएको छ् । सर्वेक्षकहरुले दोधारा चाँदनी नगरपालिकाका वडा नं. ८, ९ र १० का प्रत्येक घरमा पुगेर मोवाईल एपमा घरधुरीहरुको अवस्था बारेमा बिबरण संकलन गर्ने छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारीमा दोधारा चाँदनी नगरपालिकामा सुदृढ र ‘बि रेडी’ परियोजनाहरु सञ्चालनमा रहेका छन् । ‘बि रेडी’ परियोजना अन्तर्गत सर्वेक्षण भईरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले जनाएको छ् ।

घरधुरी सर्वेक्षण संगै महाकाली र जोगबुडा नदीको हाईड्रोलोजिकल मोडलिङ गरेर नदीहरुको जलस्तरका आधारमा बाढीबाट प्रभावित हुन सक्ने घरहरु समेत पहिचान गर्न सहज हुने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका वातावरण तथा जलवायु परिवर्तन बिज्ञ गणेश ठगुन्नाले बताएका छन् ।

हाल सम्म दोधारा चाँदनी नगरपालिकामा तथ्यांकको अभावमा विपद् पूर्वतयारी तथा प्रतिकार्य, राहत वितरण लगाएतका कार्यक्रमहरु गर्दा समस्या आइरहेको अवस्थामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले घरधुरी सर्वेक्षणले नगरपालिका कार्यालयको कार्यमा निकै सहजता ल्याउने दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।

बाढी जोखिमको संकटासन्नता निर्धारण गर्न मोबाईल एफ मार्फत घरधुरी सर्वेक्षणले नगरपालिको बाढीको बेला जोखिम न्युनिकरण गर्न र अन्य नगर बिकासको कार्य गर्न निकै सहजता हुनेमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउदै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले दोधारा चाँदनी नगरपालिकाको स्थानियहरुको जिवन स्तर उकास्न सघाएको भन्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लाई धन्यबाद दिएका छन् ।

दोधारा चाादनी वडा नं ८,९ र १० का सम्पूर्ण घरधुरीहरुको जोखिमको अवस्था, क्षमता, श्रोत साधन, संकटासन्नता र प्रकोपहरुको पहिचान गरी प्रत्येक घरधुरीहरुलाई विपद् जोखिमको अवस्थाको आधारमा डिजिटल डाटाबेस तयार गरी न्यून, मध्यम र उच्च जोखिम का आधारमा हरियो, पहेंलो र रातो गरी तीन तहमा वर्गीकरण गरी नक्सांकन गरिने छ् ।

घरधुरी सर्वेक्षणका लागी घर घरमा आउने सर्वेक्षकहरुलाई सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरि दिनुहुन सम्पूर्ण सरोकारवालाहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले अनुरोध गरेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here