काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा तत्कालै आर्थिक सुधारको खाँचो रहेको बताएका छन् ।
आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै थापाले भने, ‘अब आउने सरकारले मुलुकको तत्कालको आवश्यकता बुझ्नुपर्छ।
अब मुलकुमा दोस्रो चरणको आर्थिक सुधारको आवश्यकता छ।’ ‘अर्थतन्त्र यथास्थितिमा नचल्ने भन्दै सरकारको आगामी नेतृत्वले सचेत हुनुपर्ने बताएका छन् ।
अर्थतन्त्र यथास्थितिमा चल्दैन, आपतकालीन अवस्था आउन सक्छ भन्ने रियलाइज गरेर काम गर्नुपर्ने अवस्था रहेको उनले बताए ।