‘नेपालको अर्थतन्त्रले चुनौंतीको सामना गरिरहेको छ, संकट भन्न मिल्दैन्’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।

आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

शर्माले नेपालको अर्थतन्त्र संकटमा छ भन्नु गलत भएको बताए । उनले अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला यसको परिभाषा, देशको बस्तुस्थितिमा ध्यान दिन आग्रह गरे । निजी क्षेत्र र अर्थशास्त्रीलाई उनले देशको अर्थतन्त्र कसरी संकटमा परको छ भन्दै प्रश्न गरे ।

शर्माले भने, ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु नबुझ्ने कुरा हो, चुनौती छन्, त्यसको सामना गर्ने उपाय खोज्नु पर्छ ।’ आर्थिक सूचकांकले समेत यस्तै संकेत गर्ने उनको भनाइ छ ।

नयाँ जनादेशप्राप्त सरकारले यसमा ध्यान दिने उनको विश्वास छ । अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गरे ।

‘हिजोभन्दा आज अर्थतन्त्र सुधारको बाटोमा रहेको छ’ शर्माले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here