आयात\ निर्यातमा उच्चपदस्थको शंकास्पद संलग्नता, विशेष ध्यान राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात निर्यात कारोबारमा उच्चपदस्थ व्यक्तिको संकास्पद कारोबार तथा संलग्नता रहेको आशंका गरेको छ ।

बैंकले उच्च पदस्थ व्यक्ति नै त्यस्त कार्यमा संलग्न भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई विशेष ध्यान राख्न निर्देशन दिएको छ ।

शुक्रबार एकिकृत निर्देशन २०७८ संशोधन गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले पछिल्लो समय आयातीत वस्तुको ओभर भ्यालुएशन गरी पैसा बाहिर पठाउने तथा निर्यातमा पनि सोही अनुरुप ओभर भ्यालुएशन गरी स्रोत नखुलेको रकम भित्र्याइरहेको आशंका गरेको छ ।

बैंकले संसोधन गरेको निर्देशनमा शंकास्पद कारोबारलाई बैंक तथा वित्तीय संस्थाले प्रारम्भिक विश्लेषण गरी उच्चपदस्थ व्यक्तिहरु संलग्न रहेको पाइएमा आन्तरिक कार्यविधिबमोजिम उच्च शंकास्पद र मध्यम शंकास्पद भुक्तानीमा वर्गीकरण गरी शंकास्पद कारोबार प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने उल्लेख छ ।

उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरुनै यसमा लागिरहेको गुनासोपछि राष्ट्र बैंकले आशंकका लागेको व्यक्तिको खातासमेत खोल्न बन्द गर्नुपर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here