जहाजबाटै फोन तथा म्यासेज गर्न सकिने !

,
काठमाडौं । हवाई यात्रामा यात्रुहरुले जहाजबाटै फोन तथा म्यासेज गर्न पाउने भएका छन् । युरोपेली संघ (इयु)का यात्रुहरूले चाँडै नै आकाशमा आफ्नो फोन पूर्ण प्रभावमा प्रयोग गर्न पाउने भएका हुन् ।

युरोपेली आयोगले एयरलाइन्सले मोबाइल डाटाको साथसाथै बोर्ड प्लेनहरूमा फाइभ जी टेक्नोलोजी प्रदान गर्न सक्ने निर्णय गरेको छ। यसको मतलब अब उडानकर्ताहरूले अब आफ्नो फोनलाई हवाइजहाज मोडमा राख्न आवश्यक पर्दैन । यद्यपि यो कसरी लागू हुनेछ भन्ने बारे स्पष्ट कुुुुरा भने आएको छैन।

सदस्य राष्ट्रहरूले विमानहरूको लागि फाइभ जी फ्रिक्वेन्सी ब्यान्डहरू उपलब्ध गराउने अन्तिम मिति ३० जुन २०२३ लाई तोकेको छ । सो अवधिपश्चात मानिसहरूले आफ्नो फोनका सबै सुविधाहरू कल, म्यासेज तथा भिडियो स्ट्रिम गर्ने डेटाहरु प्रयोग गर्न सक्नेछन् ।

आन्तरिक बजारका लागि इयु आयुक्त थियरी ब्रेटनले सो योजनाले युरोपेली कम्पनीहरूलाई सकारात्मक प्रभाव पार्ने बताए । तिव्र तथा उच्चक्षमता जडान द्वारा प्रस्तावित कनेक्टीभिटीको उपलब्धतापछी आकाशमा अब कुनै हुने छैन ।

इयु ले २००८ देखि विमानका लागि निश्चित फ्रिक्वेन्सी ब्यान्डहरू आरक्षित गरेको छ। केही सेवाहरूलाई मध्य९हवाई इन्टरनेट पहुँच प्रदान गर्न अनुमति पनि दिएको थियो । तर यसले हवाईजहाज र जमीनको बीचमा उपग्रह मार्फत जडान गर्न समस्या हुँदा यो सेवा ऐतिहासिक रूपमा ढिलो भएको हो ।

नयाँ प्रणालीले फाइफजीद्वारा प्रदान गरिएको धेरै छिटो डाउनलोड गतिको फाइदा लिन सकिनेछ । जुन मोबाइल नेटवर्क इइ अनुसार १०० एमविपीएस भन्दा बढी हुन सक्छ अर्थात यसमार्फत केही मिनेटमै फिल्म डाउनलोड गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here