झिनो अंकले बढ्यो नेप्से, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं १८ मंसिर । शेयर बजारमा झिनो अंकले बढेको छ ।

साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २.१६अंकले बढेर १९६३.२२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २४३ कम्पनीको १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँ बराबरको ३६ लाख ९४ हजार८४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँ बराबरकोबराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा बढेको छ भने अन्य घटेको छ ।

दोहोरो अंकले बढेको बजारमा आज धौलागिरी लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले ठ्याककै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, ओरेन्टल होटल ६.५७, खप्तड लघुवित्त ६.०७, युनाइटेड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै झन्डै १९ करोडकोे शेयर किनबेच भएको छ । त्यस्तै, नेष्डो समृद्धि लघुवित्त पौने ९ करोड र फर्स्ट माइक्रोफाइनान्स ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here