एनआइसी एशिया बैंकले ल्यायो विश्वकप लक्षित विशेष योजना

काठमाडौं । एनआइसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ।

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी विश्वकपका खेलहरूको सही बिजेता अनुमान गर्ने फुटबल प्रेमी ग्राहकहरूमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५०० रुपैयाँदेखि दुई हजारसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ।

साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने बताएको छ।

२० लाख पटक भन्दा बढी डाउनलोड भइसकेको एनआइसी एशिया मो बैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ।

जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरू हुनुअघि बिजेता अनुमान गर्न सक्नेछन्।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था समेत बैंकले गरेको छ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here