काठमाडौं । प्रदेश लोक सेवा आयोग प्रदेश– १, विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ ।
आज सार्वजनिक सूचना जारी आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरेको छ ।
प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने स्पष्ट पार्दै आयोगले अनलाइनमार्फत दरखास्त दिन सकिने जनाएको छ ।
योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ ।
सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।