दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार

काठमाडौं १९ मंसिर । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २४.४६ अंकले बढेर १९३८.७६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २४३ कम्पनीको १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतवार १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहका परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.३७ प्रतिशतले घटेको छ ।

घट्दो बजारमा आज अजोड इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ७.३७ प्रतिशत गुमाएका छन् ।

त्यस्तै, ओरेन्टल होटल ५.३५, युनाइटेड इन्स्योरेन्स ५.१४, लिबर्टी इनर्जी, माउन्टेन हाइड्रो र शिवम सिमेन्टको शेयर मूल्य साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोडरुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट २० करोड र नबिल बैंक ८ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here