विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको तुलनामा यूरो ७ रुपैयाँ महंगो

काठमाडौं । यूरोपियन मुद्राको भाउ बढेको छ । लगातार खस्किँदै आएको यूरोको भाउ अमेरिकी डलरको तुलनामा केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ५७ पैसा र बिक्री दर १३१ रुपैयाँ १७ पैसा कायम गरेको छ।

युरोपियन युरो एकको खरिदमा १३७ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३८ रुपैयाँ ५० पैसा रहेको छ । 

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ८७ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा रहेको छ । 

त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमा २९ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३० रुपैयाँ २ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीमा १० रुपैयाँ १२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिदमूल्य ३४६ रुपैयाँ ३४ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ९३ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ५४ पैसा रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here