एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको मंसिर १९ गते बसेको बैठकले शेयरधनीलाई कर प्रयोजनसहित ८.२५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

बैंकले गत वर्ष भने १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंकले घोषणा गरेको यो लाभांश १० वर्ष यताकै कम हो । यसअघि बैंकले आर्थिक वर्ष २०६९/७० मा १० प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here