औद्योगिक उत्पादनमा बागमती प्रदेशको योगदान ३१ प्रतिशत, कृषिमा प्रदेश १ अगाडि

फाइलफोटो

काठमाडौं, २० मंसिर । औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि सम्बन्धी वार्षिक अध्ययन प्रतिवेदन अनुसार औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा ३१.६ प्रतिशत रहेको छ ।

औद्योगिक क्षेत्रको उत्पादनमा यस क्षेत्रको योगदान १९.६ प्रतिशत रहने अनुमान छ भने बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३१.६ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ३.२ प्रतिशत रहने अनुमान छ ।

यसैगरी, मुलुकको कुल सेवा क्षेत्रमा प्रदेश नं. १ को योगदान १२.५ प्रतिशत रहने अनुमान छ भने बागमती प्रदेशको सबैभन्दा बढी ४५.९ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ३.८ प्रतिशत योगदान रहने अनुमान छ ।

आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको कुल उत्पादनमा प्रदेश नं. १ को हिस्सा २१.८ प्रतिशत रहने अनुमान छ भने उद्योग क्षेत्रको उत्पादनमा १९.६ प्रतिशत र सेवा क्षेत्रमा १२.५ प्रतिशत योगदान रहने अनुमान गरेको छ ।

अघिल्ला वर्ष कृषि, उद्योग र सेवा क्षेत्रमा प्रदेश नं. १ को हिस्सा क्रमशः २१.७ प्रतिशत, १९.६ प्रतिशत र १२.५ प्रतिशत रहेको थियो ।

त्यस्तै विभागको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३९.६ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.१ प्रतिशत हुने अनुमान गरेको छ ।

विभागले आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा प्रदेश नं. १ को हिस्सा १५.७ प्रतिशत रहने अनुमान गरेको छ ।

मुलुकको कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश नं. १ को योगदान सबैभन्दा बढी २१.८ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ५.४ प्रतिशत रहने विभागको अनुमान रहेको छ ।

त्यसैगरी, मुलुकको समग्र औद्योगिक उत्पादन तथा सेवा क्षेत्रमा प्रदेश नं. १ दोस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here