शेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा भारी गिरावट

काठमाडौं, २० मंसिर । शेयर बजारमा झिनो अंकले घटेको छ ।

कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३८ कम्पनीको ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा, अन्य र लघुवित्त समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । लगानी समूह सबैभन्दा धेरै ०.९८ प्रतिशतले घटेको छ ।

घट्दो बजारमा आज एनएमबी बैंकका शेयरधनीले सर्वाधिक ६.०७ प्रतिशत गुमाएका छन् । त्यस्तै, आइसीएफसी डिबेन्चर २०८३, एनएम्बी हाइब्रीड फण्ड १, एनएमबी ५० र एनआइसी एसिया सेलेक्ट फण्डका शेयर धनीले ३ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी साढे ५ करोड र रिडी पावर ५ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here