ग्लोबल आईएमई बैंकसहित चार कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई बैंकसहित चार कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ ।

नेप्सेले मंगलबार सूचना जारी गर्दै चार कम्पनीको कारोबार फुकुवा गरेको जानकारी दिएको छ ।

जसमा मर्जर प्रक्रियामा ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू (बीओके), नाडेप र डिप्रोक्स लघुवित्त तथा नेशनल र समिट लघुवित्त रहेको छ ।

मर्जर सम्झौता भएसँगै कारोबार रोक्का रहँदै आएको थियो । यी चारवटै वित्तीय संस्थाको आधारभूत शेयरधनी बाहेको शेयर कारोबार आजको निर्णय अनुसार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

कारोबार फकुवा भएसँगै बुधबारदेखि यी कम्पनीका शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि संस्थापक शेयर भने रोक्का नै रहने छ ।

नेप्सेले गत महिना नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम दुवै कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो । उक्त निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर बढीमा १५ दिन मात्रै कारोबार रोक्का हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here