गाडी, बाइक, रक्सी र मोबाइलको आयात प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । अर्थतन्त्र संकटको समयमा सरकारले यस्ता वस्तुहरूमा आयात प्रतिबन्ध गरेको थियो ।

आयात प्रतिबन्ध लगाएका वस्तुहरू खुलाउनका लागि मुख्य सचिवको संयोजकत्वमा अध्ययन समिति बनेको थियो ।

सो समितिले प्रतिबन्ध फुकुवा गर्दा हुने सिफारिस गरेको थियो । त्यही अध्ययनको सिफारिस अनुसार सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।

सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुहरुको प्रतिबन्ध हटाएर ५० हजार डलर भन्दा माथिका गाडी, ३ सय डलर भन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याइएको थियो । सरकारको निर्णयपछि अब १ पुस एकदेखि यी वस्तुहरु आयात गर्न पाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here