बाराही हाइड्रोपावरको आइपीओ खुल्यो, कतिसम्म दिने आवेदन

काठमाडौं । बाराही हाइड्रोपावरलेसर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

सोमध्ये ५ प्रतिशत (२७ हजार कित्ता) सेयर सामूहिक लगानी कोषहरु र २ प्रतिशत (११ हजार ८० कित्ता) सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता शेयरसमेत थप गरी उक्त सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

यो आइपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आइपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here