बैंकहरुमा ११ अर्ब ५४ करोड निक्षेप थपिँदा कर्जा प्रवाह १ अर्बमा सीमित, सीडी रेसियो ८६.७६ प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरुमा एक सातामा ११ अर्ब ५४ करोड रुपैयाँ निक्षेप थपिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा एक साताको अवधिमा (मंसिर ९ गतेदेखि १६ गतेसम्म) ११ अर्ब ५४ करोड रुपैयाँ निक्षेप बढेको छ । यता, यसैअवधिमा कर्जा प्रवाह भने १ अर्ब मात्रै बढेको छ ।

मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर १६ गतेसम्म आउँदा ४५ खर्ब ७३ अर्ब पुगेको छ । 

मंसिर ९ गतेसम्म कुल ४२ खर्ब २२ अर्ब कर्जा प्रवाह भएकोमा मंसिर १६ गतेसम्म ४२ खर्ब २३ अर्ब पुगेको छ ।

नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८६.७६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here