कार्यालय परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह, नगरे कारबाही गर्ने चेतावनी

फाइलफोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालयलाई फोहरको उचित व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेर थुप्रिएको फोहोर मैला महानगरले ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न अनुरोध गरेको हो ।

जताततै छरिएका पुराना उपकरण तथा अन्य फोहर ३५ दिनभित्र व्यवस्थापन गर्न महानगरको वातावरण तथा कृषि विभागले सूचना निकालेर ती निकायलाई आग्रह समेत गरेको छ । काठमाण्डौ महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरुले परिसरमा रहेका सबै प्रकारका फोहर ३५ दिनभित्र व्यवस्थापन नगरेमा फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० को कानूनी व्यवस्था अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

साथै महानगरले फोहरमैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी कार्यालयको नाम समेत सार्वजनिक गर्ने सूचनामार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here