फोहोर व्यवस्थापनमा गुनासो आउन थालेपछि बञ्चरेडाँडामा सीसीटीभी, मेयर बालेनद्धारा निगरानी

काठमाडौं । फोहोर व्यवस्थापनमा गुनासो आउन थालेपछि काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा सीसीटीभी जडान गरेको छ ।

ल्याण्डफिल साइटमा भइरहेको गतिविधिलाई महानगरको निगरानीमा ल्याउनको लागि सीसीटीभी जडान गरिएको महानगर कृषि तथा वातावरण विभागकी प्रमुख सरिता राई बताइन् ।

सीसीटीभी जडान भएसँगै ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा भइरहेको सम्पूर्ण गतिविधिबारे मेयर बालेनले राष्ट्रिय सभागृहस्थित आफ्नै कार्यकक्षबाट निगरानी गर्नेछन् ।

सीसीटीभी जडान अन्तिम चरणमा पुगेको छ । विगत १७ वर्षदेखि ल्याण्डफिल साइटमा उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर विसर्जन हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here