चिलिमे जलविद्युतले लाभांश १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति?

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई दिने घोषणा गरेको छ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २२ गते २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस ३ गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस २ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here