चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग निष्क्रिय, २७ गते अनिवार्य अवकाश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ ।

संसदका महासचिव डा.भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् ।

जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ महाअभियोग निष्क्रिय भएको पत्र दिएका हुन् । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् । चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन ।

उनले आगामी २७ गते अवकाश पाउँदैछन् । २८ मंसिर २०१४ मा जन्मिएका जबरा अब एक सातापछि ६५ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुँदैछन् ।

गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here