रोकिएन् शेयर बजारको ओरालो यात्रा, लगानीकर्तालाई विश्वस्त आधार भेट्नै मुस्किल

काठमाडौं, २१ मंसिर । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४६ कम्पनीको १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ बराबरको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा, अन्य र लघुवित्त समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.२७ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटेल समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ ।

घट्दो बजारमा आज नाडेप लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । झन्डै २ वर्षपछि कारोबारमा आएको नाडेपको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंक ९.२९, शिवम् सिमेन्ट र नारायणी विकास बैंक ४.८६, साधना, आरएसडीसी र स्वाभिमान लघुवित्तको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज सानिमा बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ६७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको १३ र नविल बैंकको ४ करोड ५२ हिमालयन डिस्ट्रीलरी साढे ३ करोड बढीको कारोबार भएको छ ।

लगातार नेप्से परिसूचक लगातार घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।