मोटरसाइकलसहित ४ लाख बराबरको सामान सशस्त्र प्रहरीको नियन्त्रणमा

दोधारा । दोधारा चाँदनी नगरपालिकाको सीमा क्षेत्रमा भारतीय नागरिकले गर्दै आएको अवैध समान ओसार पसारमा सशस्त्र प्रहरीले कडाइ गर्दै आएको छ् ।

बुधवार बिहान दोधारा चाँदनी नगरपालिका वडा नं.७ कञ्चनभोजमा सिमावर्ती भारतिय बजारबाट भारतिय नागरिकद्धारा भित्र्याउदै गरेको गुढ, मलखाद लगाएत भारतीय नम्वर प्लेटको मोटरसाइकल गरि रु. ४ लाख बराबरको अबैध समान बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) ले जनाएको छ ।

सुराकीको आधारमा सशस्त्र प्रहरीसीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) का ईन्चार्ज सई नवराज खड्काको कमाण्डमा गएको गस्ती टोलीले उक्त समान बरामद गरेको हो ।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि भारतीय नागरिक मोटरसाइकल सहित समान छाडेर भागेको बताइएको छ् ।

सशस्त्र प्रहरीले बरामद गरेको अबैध समान भन्सार पठाउने तयारी गरिरहेको छ् । दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोज स्थित रहेको सशस्त्र प्रहरीले बिगतका दिनहरुदेखि भारतबाट अबैधरुपमा आयात गरिने समानहरुको कडाई गर्दै आएको छ् ।

भारतीइ नागरिकहरुले दोधारा चाँदनी नगरपालिकाको खुला सीमा क्षेत्रको फाईदा लिँदै तस्करी गर्दै आएको छ् भने, सशस्त्र प्रहरीले अवैध समान ओसार पसारमा कडाइ गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here