सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’योजनाको उपहार हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा ‘बिदेशबाट सिटी आयो,दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण गरेको छ।

‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो ‘ योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने जिवन रायमाझीलाई ‘५ तोला सुन’, यु के बाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरिया बाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन, मलेशिया बाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चांदी , जापान बाट रेमिटान्स पठाउने रबिन्द्र मानन्धरलाई १० तोला चांदी , कुवेत बाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चांदी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो ।

जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/ १ तोला सुन ) जित्न सफल भएका छन् । उक्त योजना भदौ १५ देखी कार्तिक १५ गते सम्म चलेको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here