डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं । यूरोपियन मुद्राको भाउ बढेको छ । लगातार खस्किँदै आएको यूरोको भाउ अमेरिकी डलरको तुलनामा केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवारको लागि एक अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३८ रुपैयाँ ०२ पैसा र बिक्री दर १३८ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ८७ पैसा र बिक्री दर १६० रुपैयाँ ६ पैसा छ। 

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ ०१ पैसा र बिक्री दर ३५ रुपैयाँ १७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ०३ पैसा र बिक्री दर ३६ रुपैयाँ २ पैसा रहेको छ। 

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ३० रुपैयाँ ०८ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९५ पैसा र बिक्री दर ८८ रुपैयाँ ३५ तोकिएको छ। भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here