प्रभु र सेञ्चुरी कमर्सियल बैंकको पुसभित्रै एकीकृत कारोबार

काठमाडौं । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम सम्झौता गरेको छ ।

प्रभु बैंक र सेञ्चुरी बैंकबीच प्राप्ति गर्न बुधबार अन्तिम सम्झौता भएको प्रभु बैंकले जनाएको छ । समान हैसियतमा गाभिन लागेका यी दुवै बैंकले पुसभित्रै एकीकृत कारोबार शुरु गर्ने तयारी गरेका छन् ।

विभिन्न समयमा सफलतापूर्वक मर्जर सम्पन्न गरेको प्रभु बैंकले सेञ्चुरी कमर्सयिल बैंकलाई प्राप्ति ९एक्वजिसिन० गर्न गत साउन १५ गते मर्जर सम्झौता गरेको थियो ।

सेञ्चुरी बैंकलाई प्राप्ति गर्न प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट गत भदौ २० मा सैद्धान्तकि सहमति प्राप्त गरेको थियो ।

एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुँदा स्थापना हुने बैंकको संयुक्त चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ नाघ्नेछ। एकीकृत जगेडा कोष ८ अर्ब ३८ करोड ७० लाख रुपैयाँ र सञ्चित नाफा २ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ पुग्छ। मर्जर पछि स्थापना हुने बैंकको संयुक्त पुँजी ३४ अर्ब ३६ करोड ५४ लाख रुपैयाँभन्दा बढी हुनेछ।

सम्झौताअनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् ।

यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभु बैंकका सीईओ अशोक शेरचन र सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने डेपुटी सीईओ बन्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here