१ लाख नाघ्यो सुनको भाउ

काठमाडौं, २३ मंसिर । नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला ६ सय रुपैयाँ बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छ । बिहीबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १३ सय ९० रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here