कालोधन छानबिनका लागि राष्ट्र बैंकको छुट्टै महाशाखा

काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकले कालोधन छानविन सम्बन्धि छुट्टै महाशाखा सञ्चालनमा ल्याउने भएको छ ।

केन्द्रिय बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

पछिल्लो समय कार्यविधिलगायतमा विभिन्न संशोधन गरेको राष्ट्र बैंकले यससम्बन्धि छुट्टै सम्पत्ति शुद्धिकरण निवारण सुपरिवेक्षण महाशाखा आगामी माघ १ गतेदेखि संचालनमा आउने बताएको हो ।

यसअघि राष्ट्र बैंकले रिस्क एसेसमेन्ट गाईडलाईन्स समेत सार्वजनिक गरिसकेको छ । कालोधन ओसारपसारको विषयलाई यसअघि राष्ट्र बैंकले आयात निर्यात व्यापारमा समेत उच्च पदस्थको खाता निगरानीमा राख्न बैंक तथा बित्तीय संस्थालाई निर्देशनसमेत दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here