भुँईमा बसेर खाना खाएमा हुन्छन् फाइदैफाइदा !

सामान्यतया बदलिँदो समयसँगै आफुलाई बदल्नुमा फाइदा हुन्छ भन्ने गरिन्छ तर, केही चिजहरु धेरै पहिले देखि नै समयसँगै परिवर्तन नभइकन आएका छन् ।

यसको पछाडी पक्कै पनि केही वैज्ञानिक कारण लुकेको हुन्छन् जुन धेरै महत्वपूर्ण हुन्छन् । जस्तो की पूर्विय संस्कृतिमा भुँईमा बसेर खाने पुरानो परम्परालाई नै लिनसकिन्छ जुन धेरै अगाडीबाट चलिआएको हो ।

आजकाल शहरमा मानिसहरुले कुर्सीमा बसेर टेवलमा खाना राखी खाने बानीलाई मानिसहरुले सभ्य तरिका मान्न थालेका छन् र भुँईमा बसेर खाने चलन बिस्तारै बिस्तारै हराउन लागेको छ । तर, भुुँइमा बसेर खानुको पछाडी धेरै फाइदाहरु छन् जसको बारेमा आज हामी कुरा गर्दैछौं

१. तपाईले सुखासन योगको बारेमा सुन्नुभएको होला, जसमा पलेँटी मारेर बसिन्छ । भुँईमा बसेर खाएको बेलामा पनि हामी पलेँटी मारेर बस्छौँ जसले हाम्रो शरिर लचिलो बन्छ र मन शान्त हुन्छ ।

२. मानिसहरुको जीवनशैलीको कारणले धेरैलाई मोटोपनको समस्याले सताएको छ तर तपाई यो कुरा थाहा पाएर दंग पर्नुहुन्छ कि भुँईमा बसेर खानाले हाम्रो शरिरको तौल पनि नियन्त्रित हुन्छ ।

३. पलेँटी मारेर खाना खाने बानीले हाम्रो दिमाग शान्त हुन्छ र तपाईको पुरै ध्यान खानामा हुन्छ । यस्तोमा तपाई आवश्यकता भन्दा बढि खाना खानबाट बच्नुहुन्छ ।

४. भुँईमा बसेर खानाले हाम्रो शरीर अगाडी पट्टी झुक्छ र फेरि सिधा मुद्रामा आँउछ । यसले तपाईको शरीरकाे पाचन प्रक्रिया पनि राम्रो हुुन्छ र तपाई आफ्नो अपच को समस्याबाट बच्नुहुन्छ ।

५. भुँईमा बसेर खानाले हाम्रो शरिरमा रक्त सञ्चार राम्रोसँग हुन्छ र मुटुले पाचनमा मद्धत गर्ने सबै अङ्गहरुमा सजिलो सँग रगत पुर्याँउछ । तर जब हामी कुर्सीमा बसेर खाना खान्छौँ भने यो रक्त सञ्चारको विपरित हुन्छ । यसमा रक्तप्रवाह खुट्टा सम्म हुन्छ जुन खाना खाएको समयमा जरुरी हुँदैन् ।

६. यो पारम्परिक तरिका अपनाउनाले तपाँई समय भन्दा पहिला बुढो देखिनुहुँदैन किनभने यस मुद्रामा बसेर खानाले मेरुदण्ड सम्बन्धित कुनै समस्या आँउदैन । जो मानिस कुनै प्रकारको दुखाईको कारण चिन्तित छन् भने यो आसनमा बसेर खानाले दुखाइ हट्छ ।

७. पद्यासन र सुखासन एक यस्तो मुद्रा हो जो तपाईको शरीरलाई पुरै लाभ पुर्याउछ । यो केवल तपाईको पाचन तन्त्रलाई राम्रो बनाउनमा मात्रै मद्धत गर्दैन बरु तपाईको जोर्नीहरुलाई कोमल र लचिलो बनाउन पनि मद्धत गर्छ ।

८. भुँईमा बसेर खानाले अर्को फाइदा पनि हुन्छ । यो हाम्रो शरीरसँग होइन कि हाम्रो पारिवारिक प्रेमसँग जोडिएको हुन्छ । परिवारको सबैजना भुँईमासँगसँगै बसेर खानाले आपसी प्रेम र सामन्जस्यता बढ्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here