सेमिफाइनल पुग्दै अफ्रिकी टिम मोरक्कोले रच्यो इतिहास

Photo by Justin Setterfield/Getty Images

काठमाडौं । अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुग्दै नयाँ इतिहास कायम गरेको छ । शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

विश्वकपमा मोरक्को र अफ्रिकन महादेशबाटै पहिलो पटक सेमिफाइनल पुगेको हो । यसअघि अफ्रिकन टिमको विश्वकपमा उत्कृष्ट नतिजा क्वार्टरफाइनलमा मात्र पुग्नु थियो।

यसअघि क्यामरुन, घाना र सेनेगलले अन्तिम आठमा पुगे पनि सेमिफाइनलमा पुगेर इतिहास बनाउन सकेका थिएनन् । शनिबार खेलको ४२ मिनेटमा मोरक्कोले खेलमा अग्रता लिएको थियो । युसेफ इन नेस्स्रीले हेडमार्फत गोल गर्दै मोरक्कोलाई १–० गोलले अघि बढाएका थिए।

यो अन्तिमसम्म बचाउँदै मोरक्कोले खेल आफ्नो पक्षमा पारेको हो । खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा बेन्चमा राखिएको थियो। उनी खेलको ५१ मिनेटमा नेभेसको स्थानमा मैदान प्रवेश गरेका थिए। मोरक्कोले अब फाइनल प्रवेशका लागि फ्रान्स वा इंग्ल्यान्डमध्ये एक टिमसँग भिड्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here