विश्वकप फुटबल: इंग्लयाण्डलाई हराउँदै साविक विजेता फ्रान्स सेमिफाइनलमा

काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अल बायत रंगशाला, अल खोरमा शनिबार भएको विश्वकप २०२२ को अन्तिम क्वार्टरफाइनलमा २–१ को जित हात पार्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलमा इंग्लयाण्डले खेलको अन्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । त्यसअघि भने इंग्लयाण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेका थिए । खेलको १७ औं मिनेटमा औरेलियन चुवामेनीले गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । 
 
फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ७८ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाउँदै जित नजिक पुर्याए । तर, इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here