काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको ज्यान गयो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-३ तीनपिप्लेमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति सवा १० बजे बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक तारकेश्वर-३ पाँचमानेका २२ वर्षका सविन फुयाँलको ज्यान गएको हो ।

उनको राति ११ बजे ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here