ट्वीटरमा ब्लु सब्सक्रिप्सन शुल्क आइफोन प्रयोगकर्तालाई महंगो, फोटो तथा नाम परिवर्तन गर्दा ‘ब्लू टिक’ हट्ने

काठमाडौं । ट्वीटरले शुल्क तिरेर भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः शुरुवात गरेको छ । यो सँगै अब प्रयोगकर्ताले शुल्क तिरेर आफ्नो अकाउन्ट भेरिफाइड गराउन सक्नेछन् ।

ट्वीटरको यो सशुल्क सेवा खरिद गर्नका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ ।

एप्पल आइओएस डिभाइसमा ट्वीटरको ब्लू सब्सक्रिप्सन लिनका लागि केही महंगो पर्नेछ । अर्थात् अब आइफोन प्रयोगकर्ताले ट्वीटरमा ब्लू टिक लिनका लागि मासिक ११ डलर तिर्नुपर्नेछ ।

यसअघि अर्बपति इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेसँगै भेरिफाइड एकाउन्टबाट मासिक २० डलर पैसा असुल्ने योजना अघि सारेका थिए ।

चौतर्फी विवादपछि प्रयोगकर्ताबाट लिने शुल्क घटाएर ८ डलरमा झरेका थिए । १ नोभेम्बरमा घोषणा गरिएको यस्तो व्यवस्थामा अमेरिकी मध्यावधि चुनावपछि ८ नोभेम्बरबाट अमेरिका, क्यानडा, न्यूजिल्याण्ड र अष्ट्रेलियामा सुरु भएको थियो ।

तर, यी देशहरूबाट कयौं फर्जी ट्वीटर अकाउन्टले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गर्न थालेपछि ट्वीटरले शुक्रबारबाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज थियो ।

पैसा तिरेर ट्वीटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग गर्दै अमेरिकामा एकजना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरेका थिए ।

ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गर्न थालेपछि ट्वीटरले ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेपनि आजदेखि पुन शूरु गरेको हो ।

ट्वीटरले यसपटक प्रयोगकर्ताका अकाउन्टको समीक्षा सुक्ष्म ढंगले गर्नेछ । केवल भेरिफाइड फोन नम्बरवालाका लागि मात्र अब ट्वीटरमा ब्लू टिक प्राप्त गर्नेछन् ।

ब्लू टिकधारी ट्वीटर अकाउन्टमा प्रयोगकर्ताले आफ्नो नाम वा प्रोफाइल तस्वीर परिवर्तन गर्यो भने अकाउन्टबाट ब्लू टिक हट्नेछ । त्यसपछि प्रयोगकर्ताको अकाउन्टको पुनः समीक्षा तथा भेरिफिकेसन गरेर मात्र ब्लू टिक दिइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here