दोहोरो अंकले बढ्यो नेप्से , १ अर्ब ३६ करोड माथिको कारोबार

काठमाडौं, २६ मंसिर । शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक(नेप्से) १६.९७ अंकले बढेर १९०२.३१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २४५ कम्पनीको १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ । १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये एकवटा घटेको छ भने अन्य सबै हरियो भएको छ । अन्य समूह सबैभन्दा धेरै ६.१४ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा सीवाइसी नेपाल र समिट लघुवित्तको शेयर मूल्यमा पोजेटिक सर्किट लागेको छ ।

त्यसैगरी, नेपाल टेलिकम ७.४६, आदर्श लघुवित्त र धौलागिरी लघुवित्त ६.०८, ग्रीन डेभलपमेन्ट बैंक ५.५८, ग्रीन भेन्चर्स ५.२८, गणपति माइक्रोफाइनान्स ५.२८, प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य ५.११ प्रतिशतले बढेको छ ।

नविल बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड ३२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै,कुमारी बैंकको संस्थापक शेयर १० करोड ९८ लाख ५२ र शिवम् सिमेन्टको ६ करोड २१ लाख बढीको कारोबार भएको छ ।

ग्लोबल आईएमई ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here